About PalpalNepal

 पलपल कम्पनीको Vision 

 

पलपल कम्पनी नेपाली युवा Entrepreneur हरु बाट लगानी गरि संचालित एक Online Shopping कम्पनी हो । जुन कम्पनीको नाम Palpal Business House Pvt.Ltd.
रहेको छ ।
यस कम्पनीको कार्यलय ललितपुरको नखीपोटमा छ । नेपाली उत्पादनहरुलाई राष्ट्रिय बजार र अन्तरास्ट्रिय बजार सम्म सजिलै पुर्याउने सोच राखेको यस कम्पनीले शुरुआतको चरण देखिनै गुणस्तरीय उत्पादनहरु ग्राहक सम्म पुर्याउदै आएको छ । अबको लक्ष्य पनि गुणस्तरीय उत्पादन सजिलै र छिटोछरितो तरिकाले घर सम्मै पुर्याउने रहेको छ ।
यस Palpal Business House Pvt.Ltd. एक
Trading कम्पनी हो ।
यस Trading कम्पनीले दुईवटा उद्योग बाट उत्पादन गरिएको बस्तुहरु बिक्रीवितरण गर्दै आएको छ । जुन उद्योगहरु Parelee Ayurveda House र Three M Wellness Industry Pvt.Ltd.
रहेको छ । जुन उद्योगहरु बिगत १२ बर्ष देखी गुणस्तरीय सामान उत्पादन गर्दै आएको सक्षम उद्योग हो ।
नेपाल सरकारको अनुमति लिनु पर्ने सबै निकायमा अनुमति
लिइ संचालन गरिएको यस उद्योगले स्वदेशमै रहेको कच्चापदार्थ अधिकतम प्रयोग गरि उच्च गुणस्तरको उत्पादनहरु उत्पादन गरिरहेको छ । साथमा जनस्वास्थ्यको समेत ख्याल गरि प्राकृतिक बस्तुहरुको अधिकतम प्रयोग र
परम्परागत बिधीनै यस उद्योगको सबल पक्ष हो । साथमा समयको माग अनुसार आधुनिक प्रबिधि समेत यस
उद्योगले प्रयोग गरि गुणस्तरको उत्पादनहरु उत्पादन गर्ने गर्दछ।
यसै उत्पादनहरुलाइ Palpal Business House
Pvt.Ltd. ले आफ्नो वेबसाईट मार्फत छिटोछरितो तरिकाले खरिद गर्न चाहने खरिदकर्ता ग्राहकहरुलाई खरिद गर्न र छनोट गर्न सुबिधा दिइएको छ ।यसै सुबिधा प्रयोग गरिदिनुहुन समेत कम्पनीको तर्फबाट हार्दिक अनुरोध छ । जुन वेबसाईट palpalnepal.com रहेको छ ।
साथमा फेसबुक पेज Palpal र You Tube च्यानल Palpal Nepal मा समेत भिजिट गर्न सक्नु हुनेछ ।
नेपाली कम्पनी भएको अनुभुतीले सबै जानकारी हामीले नेपालीमै राखेका छौ । विश्वभरी बसोबास गरि रहेका सम्पुर्ण नेपालीहरुले माया गरि दिनुहुन्छ भन्ने अपेक्षा समेत हामीले राखेका छौ।
तपाईंहरुको माया नै हाम्रो लागि सम्पत्ति हो भन्ने मुख्य उदेश्य सहित कम्पनी अगाडि बढी रहेको हुनाले सबै जनाले माया गरि दिनु होला ।
साथै यस वेबसाईट palpalnepal.com भिजिट गर्नु भएकोमा सम्पुर्ण भिजिटकर्ताहरु लाइ बिशेष धन्यवाद र बिश्वास गरि हामीले बिक्रीवितरण गरि रहेका बस्तुहरु प्रयोग गरि दिनुहुन समेत बिशेष अनुरोध गर्दछौ । धन्यवाद ।

 कम्पनीको Mission 

 

यस कम्पनीको सेवा अहिले नेपालभरी रहेको हुनाले ढुक्क भएर अर्डर गरि मगाउनुहोस् । छिटोछरितो Delivery दिने हाम्रो जिम्मेवारी हो ।
निकट भविष्यमा देशको मुख्य शहरहरुमा शाखा खोली छिटोछरितो सेवा दिने समेत तयारी कम्पनीले थालेको छ ।
नेपालमै केही गर्नु पर्छ, नेपालमै रोजगारी सिर्जना गर्नु पर्छ भन्ने मुल उदेश्य सहित हामीले रोजगारीको बाताबरण समेत सिर्जना गर्न अग्रसर रहेको एक कम्पनीको रूपमा बिकास गरेका छौ।
यो हाम्रो कम्पनीको सबल पक्ष हो । बिस्तारै अन्तर्राष्ट्रिय बजारमा प्रभुत्व जमाउन प्रयास गरि रहेको यस कम्पनीले अन्तर्राष्ट्रिय बजारको लागि अन्तर्राष्ट्रिय बजार अनुसन्धानकर्ताहरु समेत परिचालन गरि एक अन्तर्राष्ट्रिय बिज्ञ समुह बनाइ काम गर्ने मिसन रहेको छ । हाम्रो मिसनमा
सबै नेपाली जोडिन सक्नु हुनेछ । सबै नेपालीहरुको सहयोगको अपेक्षा हाम्रो कम्पनी Palpal Business House Pvt.Ltd. गरेको छ ।
हाम्रो वेबसाईट palpalnepal.com भिजिट गरेकोमा
यहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद ।

हामीलाई किन रोज्ने? (Why Choose Us?)

१. उच्च गुणस्तर र विश्वसनीयता: 

हामी विगत १२ वर्षदेखि गुणस्तरीय सामान उत्पादन गर्दै आएका प्रतिष्ठित उद्योगहरू (पारेली आयुर्वेद हाउस र थ्री एम वेलनेस इन्डस्ट्री प्रा.लि.) का उत्पादनहरू मात्र बिक्री गर्दछौँ। यी उद्योगहरूले स्वदेशी कच्चापदार्थ र प्राकृतिक वस्तुहरूको अधिकतम प्रयोग गरी, परम्परागत विधि र आधुनिक प्रविधिको सन्तुलन मिलाएर उत्पादन गर्छन्।

२. छिटोछरितो राष्ट्रव्यापी डेलिभरी: 

हामी नेपालभरि तपाईंको अर्डर छिटो र सुरक्षित रूपमा तपाईंको घरदैलोसम्म पुर्याउने जिम्मेवारी लिन्छौँ। निकट भविष्यमा मुख्य शहरहरूमा शाखा विस्तार गरी अझै द्रुत सेवा दिने हाम्रो योजना छ।

३. नेपाली उत्पादनलाई प्रोत्साहन: 

हामी नेपाली युवा उद्यमीहरूद्वारा सञ्चालित कम्पनी हौँ। हाम्रो मुख्य उद्देश्य नेपाली उत्पादनहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु, नेपालमै रोजगारी सिर्जना गर्नु र स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउनु हो।

४. ग्राहक-मैत्री अनलाइन अनुभव: 

हाम्रो वेबसाइट (palpalnepal.com) मार्फत तपाईंले सजिलैसँग उत्पादनहरू छनोट गर्न, अर्डर गर्न र घरमै सामान प्राप्त गर्न सक्नुहुन्छ।

५. स्थानीय स्रोत र जनस्वास्थ्यप्रति सचेत: 

हाम्रा साझेदार उद्योगहरूले नेपाल सरकारबाट आवश्यक अनुमति लिई, जनस्वास्थ्यको ख्याल राख्दै, अधिकतम स्वदेशी र प्राकृतिक कच्चापदार्थ प्रयोग गरी उत्पादन गर्दछन्।

६. अन्तर्राष्ट्रिय बजारमा पहुँचको लक्ष्य:

हामी नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने महत्वाकांक्षी योजनाका साथ अघि बढेका छौँ, जसमा तपाईंको सहभागिता र सहयोग महत्वपूर्ण हुनेछ।